किसान क्रेडिट कार्ड के हो ?

यो क्यु आर कोड (QR code) प्रणालीमा आधारित कृषि ऋण सहितको कार्ड हो । यसबाट ​​​​​​​किसानहरुलाई ​​​​​​​आवश्यक पर्ने मलखाद,  बिउ विजन, दाना, पशुपन्छी, कृषिमा लाग्ने सम्पूर्ण  औजार, मेसिनरीहरु सुचिकृत एग्रोभेट तथा कृषि मेसिनरी बिक्रेताहरुबाट खरिद गर्न सकिन्छ । यो कार्डको आकार सामान्य एटिएम (ATM) कार्ड जस्तै देखिएता पनि यो कार्डबाट पैसा निकाल्न मिल्दैन ।

कसरी यो कार्ड पाउन सकिन्छ ?

यो कार्ड पाउनको लागि किसानले आफनो फार्म वा ब्यक्तिगत प्यान नम्बर, नागरिकता, फार्म  दर्ताको प्रमाण पत्र, कामको अनुमानित आय व्यय बिबरण साथै परिवारको सहमति र आफ्नो वा परिवारको नाममा भएको जग्गाको लालपुर्जाको फोटोहरु उपलब्ध गराई krishilagani.agrinepal.com प्राप्त भएको सुनिस्चित भएपछि बैक मार्फत यो किसान क्रेडिट कार्ड पाउन सकिन्छ । 

सेवा शुल्क, ब्याजदर र भुक्तानी प्रकृया कस्तो छ ?

कुनै पनि बैकिङ्ग सुबिधा अन्र्तरगतको ब्याजदर र भुक्तानी प्रकृयाहरु, सेबा शुल्क  बैकको नियम बमोजिम हुने छ । साथै सो बाहेक एग्री नेपालको परामर्श शुल्क लाग्ने छ।

कार्डबाट कसरी कारोवार गर्न सकिन्छ ?

यो किसान क्रेडिट कार्ड नेपालका ६०००  भन्दा बढि एग्रोभेट, कृषि मेसिनरी बिक्रेता, सहकारी मर्चेन्टका रुपमा आवद्ध छन । तपाइको नजिकको कुनै पनि मर्चेन्टहरुबाट कारोबार गर्न सकिन्छ ।

हाम्रो सुबिधाहरु :

  • कृषि कर्जा र किसान क्रेडिट कार्ड ।
  • किसानको जीबन बिमा बाली र पशु बिमा ।
  • व्यवसायीक योजना निर्माण ।
  • बित्तिय तथा व्यावसायीक साक्षरता परार्मश प्रदान गर्ने ।
  • कृषिमा आधारित मुल्य श्रृखलामा सहकिरण गर्ने ।
  • कृषि उपजहरुको शित भण्डारण (COOL BOT) प्राबिधिक सहयोग गर्ने ।

ग्यालरी

सम्पर्क