यो क्यु आर कोड (QR code) प्रणालीमा आधारित कृषि ऋण सहितको कार्ड हो । यसबाट किसानहरुलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, दाना, पशुपन्छी, कृषिमा लाग्ने सम्पूर्ण औजार, मेसिनरीहरु सुचिकृत एग्रोभेट तथा कृषि मेसिनरी बिक्रेताहरुबाट खरिद गर्न सकिन्छ । यो कार्डको आकार सामान्य एटिएम (ATM) कार्ड जस्तै देखिएता पनि यो कार्डबाट पैसा निकाल्न मिल्दैन ।
यो कार्ड पाउनको लागि किसानले आफनो फार्म वा ब्यक्तिगत प्यान नम्बर, नागरिकता, फार्म दर्ताको प्रमाण पत्र, कामको अनुमानित आय व्यय बिबरण साथै परिवारको सहमति र आफ्नो वा परिवारको नाममा भएको जग्गाको लालपुर्जाको फोटोहरु उपलब्ध गराई krishilagani.agrinepal.com प्राप्त भएको सुनिस्चित भएपछि बैक मार्फत यो किसान क्रेडिट कार्ड पाउन सकिन्छ ।
कुनै पनि बैकिङ्ग सुबिधा अन्र्तरगतको ब्याजदर र भुक्तानी प्रकृयाहरु, सेबा शुल्क बैकको नियम बमोजिम हुने छ । साथै सो बाहेक एग्री नेपालको परामर्श शुल्क लाग्ने छ।
यो किसान क्रेडिट कार्ड नेपालका ६००० भन्दा बढि एग्रोभेट, कृषि मेसिनरी बिक्रेता, सहकारी मर्चेन्टका रुपमा आवद्ध छन । तपाइको नजिकको कुनै पनि मर्चेन्टहरुबाट कारोबार गर्न सकिन्छ ।